काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँगको जारी खेलमा अर्जेन्टिनाले २ गोलको अग्रता लिएको छ ।
डीबक्सभित्र जोर्डनका खेलाडीले फल गरेपछि रेफ्रीले ‘भीआर’ हेरेर पेनाल्टी दिएका थिए । जसलाई ३१ मिनेटमा लउतारो मार्टिनेजले गोलमा परिणत गरे ।
यसअघि अर्जेन्टिनाका लागि खेलको १९ औं मिनेटमा जियोभानी लो सेल्सोले फ्री किकमार्फत गोल गरेका थिए ।
यसरी पहिलो हाफमा अर्जेन्टिनाले २–० को अग्रता लिएको छ ।




















