काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’को अन्तिम खेलमा अमेरिका टर्कीसँग ३–२ गोल अन्तरले पराजित भएको छ।
टर्कीसँग पराजित भए पनि अमेरिकाको नकआउट चरणको यात्रा भने प्रभावित भएको छैन। यसअघि नै पाराग्वे र अस्ट्रेलियालाई पराजित गर्दै सह-आयोजक अमेरिका अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको थियो।
यता, टर्की भने यसअघि नै विश्वकपको नकआउट दौडबाट बाहिरिसकेको टोली हो। समूह ‘डी’को दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अर्को चरणमा पुग्न असफल भएको थियो।
नकआउट सम्भावना समाप्त भइसकेपछि टर्कीले अमेरिकाविरुद्धको अन्तिम खेल प्रतिष्ठाका लागि खेलेको थियो। सोही खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उसले अमेरिकामाथि ३–२ को रोमाञ्चक जित निकाल्न सफल भयो।




















