काठमाडौँ । युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट प्रदर्शनको मद्दतले स्पेनले विश्वकप फुटबलको समूह ‘एच’ अन्तर्गतको खेलमा साउदी अरेबियामाथि ४-० को सहज र सानदार जित दर्ता गरेको छ। पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको लुइस डे ला फुएन्टेको टोलीले यो जितसँगै लय समातेको छ।
आइतबार राति भएको खेलमा स्पेनका लागि खेलको १० औं मिनेटमै यामालले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो खेलमा केप भर्डसँग गोलरहित बराबरी खेल्दा आलोचित बनेका स्ट्राइकर ओयार्साबालले पहिलो हाफमै दुई गोल थपेपछि स्पेनले हाफ–टाइमअघि नै ३-० को बलियो अग्रता बनाएको थियो। दोस्रो हाफको सुरुमै साउदीका डिफेन्डरबाट आत्मघाती गोल भएपछि स्पेनको जित ४-० ले सुनिश्चित भयो।




















