काठमाडौं । फिफा विश्वकपमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता लिएको छ ।
उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को समूह एफ अन्तर्गत मोन्टेरे स्टेडियममा भइरहेको खेलमा जापानले पहिलो हाफमा दुई गोल गरेको हो ।
खेलको चौथो मिनेटमै दाइची कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए भने आएसे उएदाले ३१औं मिनेटमा गोल गरेका थिए ।
सन् १९३० मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकपको २३औं संस्करणमा आएर १०००औं खेल भएको हो ।




















