काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेश प्रदेशका पार्टी सांसदहरूसँग सामूहिक छलफल गरेका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार भएको छलफलमा मधेश प्रदेश अधिवेशनको तयारी र त्यससँग सम्बन्धित विषयमा कुराकानी भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ।
पार्टीभित्र देखिएको विवादका कारण रास्वपाले मधेश प्रदेशका कुनै पनि जिल्लामा हालसम्म अधिवेशन सम्पन्न गर्न सकेको छैन। यही विषयमा प्रदेशका सांसदहरूसँग छलफल गरी आगामी रणनीतिबारे परामर्श गरिएको बताइएको छ।
मधेश प्रदेशमा अधिवेशन प्रक्रिया अघि बढाउन आवश्यक पहल र समन्वयका विषयमा समेत बैठकमा विचारविमर्श भएको स्रोतले जनाएको छ।




















