काठमाडौँ । फिफा विश्वकप- २०२६ अन्तर्गत अहिले जारी खेलमा अस्ट्रियाले जोर्डनविरुद्ध एक गोल गरेको छ ।
आज बिहान पौने दश बजेदेखि जारी खेलमा पहिलो हाफसम्म जोर्डन गोलविहीन छ भने अस्ट्रियाका रोमानो स्मिडले २१ औं मिनेटमा गोल गरेका छन् । उनले लामो दूरीबाट प्रहार गरे पनि गोलमा परिणत भएको थियो ।
अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा जारी समूह जेमा रहेका यी दुई टोलीबिचको खेल निकै प्रतिस्पर्धात्मक छ।
जोर्डनले आज विश्वकप फुटबलमा डेब्यु गरेको हो । फिफा वरीयतामा अस्ट्रिया २४औँ र जोर्डन ६३औँ स्थानमा छ ।




















