काठमाडौं । श्रम सँस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै बेल घेराउ गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि समय नै नमागेका श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न पाउनु पर्ने माग गर्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।
रोष्ट्रम प्रयोग गरेर दलीय आधारमा बोल्न समय दिइरहेका सभामुखले श्रम संस्कृति पार्टीका सांसदलाई नबोलाई राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न लागेका थिए । श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले बोल्नका लागि सभामुख डीपी अर्यालसँग समय माग गरेका थिए । तर, सभामुखले समय दिएनन् । तर रास्वपा सांसद रिमा विश्वकर्मालाई समय बोल्न समय दिएपछि श्रम सँस्कृतिका सांसदहरु बेल घेराउ र नाराबाजीमा उत्रिएका थिए ।




















