काठमाडौं । संघीय संसद् बैठकमा विपक्षीहरूले अवरोध कायमै राख्ने भएका छन् । संसद्मा जारी गतिरोध अन्त्य गर्न सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले सोमबार सर्वदलीय बैठक राखेका थिए ।
बैठकमा रास्वपाले नेताहरूको भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले प्रष्ट पार्ने प्रस्ताव राखेका थिए । तर विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नै गत आइतवार संसदको दिएको अभिव्यक्तिको संसद् बैठकबाटै जवाफ दिनुपर्ने माग राखेका छन् । जसले गर्दा दलहरुबीच सहमति जुट्न सकेन ।




















