काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को अध्यक्षमा करूणा कटुवाल नियुक्त भएकी छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले पार्टी विधानअनुसार आज उनलाई नेविसङ्घको अध्यक्षमा नियुक्त गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार विधानबमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेविसङ्घको नेतृत्वमा कटुवाललाई जिम्मेवारी दिइएको बताइएको छ ।
नवनियुक्त अध्यक्ष कटुवाललाई निर्धारित समयभित्र संगठनको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ११ बुँदे कार्यादेश तथा कार्यविवरण प्रदान गरिएको छ ।
पार्टीले संगठनलाई पुनः व्यवस्थित गर्दै लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गर्ने उद्देश्यका साथ उनलाई अध्यक्षको जिम्मेवारी दिएको जनाएको छ ।




















