काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको तलब संरचनामा सुधार गरिएको जानकारी दिए ।
उनका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत वृद्धि, कार्यसम्पादनका आधारमा १० प्रतिशत प्रोत्साहन तथा ग्रेड समायोजनसहित कुल २१ प्रतिशतले तलब बढ्नेछ ।
बढेको तलबमान आगामी साउन १ गतेदेखि लागू हुनेछ ।
नयाँ व्यवस्थासँगै सरकारी कर्मचारीले ग्रेडसहित न्यूनतम ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँभन्दा बढी तलब पाउने भएका छन् ।
सरकारले कर्मचारीको जीवनस्तर सुधार, कार्यसम्पादनमा प्रभावकारिता र सेवा प्रवाहलाई थप जिम्मेवार बनाउने उद्देश्यले तलब वृद्धि गरिएको जनाएको छ ।


















