काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्मा प्रस्तुत हुनुअघि कांग्रेसले बैठक आह्वान गरेको हो ।
कांग्रेसका अनुसार बैठक जेठ १४ गते बिहीबार बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा बजेट अधिवेशनमा पार्टीको भूमिका, रणनीति तथा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिने जनाइएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ।



















