काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र संसदमा उपस्थित हुने भएका छन्। सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले एक हप्ताभित्र प्रधानमन्त्री शाह संसदमा उपस्थित हुने जानकारी दिए।
‘एक हप्ताभित्र उहाँ संसदमा आउनुहुन्छ,’ उनले भने। तर, प्रधानमन्त्री शाहले संसदमा उपस्थितमात्र हुने हुन् वा सम्बोधन पनि गर्ने हुन् भन्ने विषय पार्टी महामन्त्रीसमेत रहेका बुर्लाकोटीले खुलाएनन् ।
यसैबीच विपक्षी दलका सांसदहरूले सभामुख डोलप्रसाद अर्याललाई प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन रुलिङ गर्नुपर्ने माग गरे। नेकपा एमालेका सांसद पद्मा अर्याल, राप्रपा सांसद खुश्बी ओलीलगायतले सभामुख अर्याललाई रुलिङ गर्न माग गरेका थिए ।



















