काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीले विरोधलाई निरन्तरता दिएको छ ।
पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले ‘प्रधानमन्त्रीलगायत मन्त्रीलाई जवाफदेही बनाऊ, प्रश्नदेखि भाग्न पाइदैन’ लेखिएको प्लेकार्ड प्रदर्शन गर्दै बैठकको सुरुमै विरोध जनाएका हुन् ।
सभामुखले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएपछि श्रम संस्कृति पार्टीका सांसदहरू आ–आफ्नो स्थानमा बसेका थिए । त्यसपछि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीअनुसार अघि बढेको थियो ।
यसअघि सोमबार बसेको बैठकमा पनि श्रम संस्कृति पार्टीले प्लेकार्डसहित विरोध प्रदर्शन गरेको थियो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायत सरकारका जिम्मेवार पदाधिकारी संसद्प्रति उत्तरदायी हुनुपर्ने माग गर्दै पार्टीले लगातार विरोध गर्दै आएको छ ।



















