काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ ।
प्रहरीले पर्साको वीरगञ्जबाट उनलाई जरुरी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिएको जनाएको छ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक रहेका प्रसाईं अभियानको कार्यक्रमका लागि वीरगन्ज पुगेका थिए । उनको कार्यक्रम भोलिका लागि तय गरिएको थियो।
यसअघि पनि उनले पर्सामा पटक–पटक कार्यक्रम आयोजना गर्न प्रयास गरेका थिए । तर प्रहरी प्रशासनले कार्यक्रम रोक्दै आएको थियो। भोलि उनको अभियानको कार्यक्रम तय थियो । प्रहरीले कार्यक्रमको पूर्वसन्ध्यामा प्रसाईँलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउको विस्तृत कारण भने सार्वजनिक गरेको छैन।




















