काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले पूर्वराष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
यसअघि एमालेमा भण्डारीको पार्टी सदस्यताका कारण विवाद उत्पन्न भएको थियो। जेनजी आन्दोलन र आम निर्वाचनपछि बदलिएको राजनीतिक परिस्थितिले एमाले नेतृत्वले भण्डारीलाई सदस्यता दिने निर्णयसम्म पुगेको बताइएको छ।
अर्को बैठक जेठ ८ गते बस्ने उपमहासचिव भट्टले बताए ।




















