काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीको विरोध गर्दै प्रतिनिधिसभामा प्रदर्शन गरेको छ ।
सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका सांसदहरूले सभामुखको आसनअगाडि पुगेर प्लेकार्डसहित विरोध जनाएका हुन् ।
पार्टीका संसदीय दलका नेतासमेत रहेका राईसहित सांसदहरूले छातीमा प्लेकार्ड टाँसेर प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले “प्रधानमन्त्री बालेन्द्र शाह प्रश्नदेखि भाग्न नपाउने” लगायतका माग अघि सारेका थिए ।
प्रदर्शनपछि सभामुख डोलप्रसाद अर्याल ले संसदभित्र पर्चा तथा प्लेकार्ड प्रदर्शन नगर्न निर्देशन दिएका छन् । उनले यस्तो शैली संसदीय मर्यादाअनुकूल नभएको टिप्पणी गरे ।




















