काठमाडाैं । नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले कर्मचारीको ट्रेड युनियन अधिकार खारेज गर्ने सरकारको कदम कुनैपनि हालतमा सफल हुन नदिने चेतावनी दिएका छन् ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद सिटौलाले सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न खोजेको खण्डमा त्यसविरुद्ध प्रतिपक्ष एकजुट भएर उभिने चेतावनी दिए । उनले ट्रेड युनियनको अधिकार संविधानप्रदत्त भएकाले कुनै पनि हालतमा त्यसलाई समाप्त गर्ने प्रयास स्वीकार्य नहुने बताए । उनले ट्रेड युनियन आन्दोलन र श्रमिक आन्दोलनले लोकतान्त्रिक अधिकार स्थापनामा महत्वपूर्ण भुमिका खेलेको स्मरण गर्दै श्रमिकहरुले आफ्नो आवाज उठाउने अधिकार कसैले खोस्न नसक्ने बताए । सिटौलाले सरकारले संविधानअनुसार काम गरोस् भन्ने प्रतिपक्षको चाहना रहेपनि गलत कदमविरुद्ध भने कडा प्रतिरोध हुने स्पष्ट पारे ।
उनले ट्रेड युनियन खारेज गर्ने सरकारी प्रयास कुनै पनि आधारमा सफल हुन नदिने चेतावनी दिए ।




















