काठमाडौं । नेपालका ठूला निर्माण व्यवसायीमध्ये एक शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो । सरकारी ठेक्का अलपत्र पारेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काका अनुसार सहरी विकास मन्त्रालयको पत्रका आधारमा शर्मालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउपछि निर्माण व्यवसायी शर्मालाई थप अनुसन्धान तथा आवश्यक प्रक्रियाका लागि सहरी विकास मन्त्रालयमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।



















