काठमाडौँ । इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा टायर पड्किएर आगो निस्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प भएको छ ।
विमानस्थल ठप्प भएपछि एयर अरेबियाले आकाशमा नौ फन्का लगाएको छ । यस्तै, फ्लाइ दुबई, एयर इन्डिया, कतार र नेपाल एयरलाइन्सले पनि फन्को लगाएका छन् ।
इस्तानबुलबाट आज बिहान काठमाडौँ आएको टीके ७२६ कल साइनको विमान अवतरणका क्रममा एउटा टायर विस्फोट हुँदा आगोसँगै धुवाँ निस्किएको थियो ।
टायर विस्फोट भएको टर्किस एयरको जहाजलाई अहिले रनवेबाट पार्किङमा लगिएको छ ।




















