काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको एक जहाजकाे टायरमा आगलागी भएको छ ।
आज बिहान करिब पौने सात बजे इस्तानबुलबाट काठमाडौं आएको जहाज ल्याण्ड गर्ने क्रममा जहाजको पाङ्ग्रामा आगो देखिएको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।
आगो देखिएलगत्तै विमानस्थलमा तयारी अवस्थामा रहेको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो । घटनापछि जहाजभित्र रहेका यात्रुहरुलाई आकस्मिक ढोका खोलेर सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।
विमानस्थल स्रोतकाअनुसार जहाजमा सवार सबै यात्रु सकुशल रहेका छन् । आगलागीको कारण तथा जहाजको प्राविधिक अवस्थाबारे थप जाँच भइरहेको जनाइएको छ ।




















