काठमाडौं । चिकित्सा शिक्षाविद् जगदिशप्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरिएको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अग्रवाललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। उनी त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्व डीनसमेत हुन्।
अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती तथा चिकित्सा शिक्षाको सुधारका विषयमा आवश्यक परामर्श दिनेछन्।
अनुभवी विज्ञका रूपमा अग्रवालको नियुक्तिले स्वास्थ्य सेवा सुधार र नीतिगत निर्णयमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
डा. अग्रवालले कुनै पारिश्रमिक वा आर्थिक सुविधा नलिई पूर्ण रूपमा विशेषज्ञका रूपमा सेवा प्रदान गर्ने बताइएको छ।




















