काठमाडौं । स्मार्ट टेलिकमका पूर्व प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा उनलाई नियन्त्रणमा लिएको हो।
सीआईबीका अनुसार जोशीलाई सोमबार काठमाडौं महानगरपालिका–२ खुर्सानीटारबाट पक्राउ गरिएको हो।
स्मार्ट टेलिकम हाल बन्द अवस्थामा रहेको छ। नवीकरण नगरेपछि २०८० वैशाख ३ गते यसको अनुमति पत्र स्वतः रद्द भएको थियो। त्यसपछि कम्पनीको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो।
तर उक्त सम्पत्तिसम्बन्धी प्रक्रियामा बेइमानीपूर्वक सरकारको हक क्षति पुर्याउने कार्य गरेको आरोप जोशीमाथि लागेको प्रहरीले जनाएको छ।




















