काठमाडौं । सरकारले सुकुम्बासी बस्ती खाली गर्ने अभियान अन्तर्गत शनिबार काठमाडौंको बालाजु, माछापोखरी, स्वयम्भू क्षेत्रमा डोजर चलाएको छ । खोला किनार अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सरकारले शनिबार यस क्षेत्रमा डोजर चलाएको हो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार हालसम्म उपत्यकामा सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी निर्माण गरिएका करिब दुई हजार घरटहरा हटाइसकिएको छ।
सरकारले हिजो बल्खु, वंशीघाट, गोंगबु, शंखमुल क्षेत्रका अतिक्रमित संरचना डोजर लगाएर घटाएको थियो । सरकारले यसअघि थापाथली, गैरीगाउँ, सिनामंगल क्षेत्रका सरकारी जग्गा अतिक्रमण गरी घर टहरा बनाइएको सुकुम्बासी बस्ती खाली गराएको थियो ।























