काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे आज संविधानविदहरुसँग परामर्श गर्ने भएका छन् ।
राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे शीतल निवासमा संविधानविद्हरूलाई परामर्शका लागि बोलाएका छन् ।
सरकारले यही वैशाख १४ र १५ गते गरी ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेको छ ।
सरकारले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन– २०६६, सहकारी ऐन–२०७४ लाई संशोधन गर्ने अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धि अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।




















