काठमाडौं । वैशाख १७ गतेका लागि आह्वान गरिएको संसद बैठक स्थगित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसमा बैठक स्थगित गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक स्थगित गर्न सिफारिस गरेको थियो ।
यसअघिको मन्त्रिपरिषद् बैठकले संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। सोही बमोजिम राष्ट्रपति पौडेलले बुधबार संसद अधिवेशन आह्वान गरेका थिए ।




















