काठमाडौं । विद्यार्थी संगठन खारेज गर्न लागिएको भन्दै संयुक्त विद्यार्थी संगठन नेपालले भृकुटीमण्डपस्थित ल क्याम्पस क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले “कालो चस्मा, कालो मन-नयाँ सरकारको उपलब्धि धन नै धन” लगायतका नारासहित प्लेकार्ड बोकेर सरकारको निर्णयको विरोध गरेका थिए ।
उनीहरूले विद्यार्थी संगठनमाथि हस्तक्षेप गर्ने प्रयास अस्वीकार्य रहेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् ।




















