काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एक ढिक्का बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् । शुक्रबार सर्वोच्च अदालतले विशेष महाधिवेशनको पक्षमा फैसला गरेपछि उनले अदालतले पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको उल्लेख गरेका हुन् ।
सभापति थापाले यो कुनै जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय भएको प्रक्रिया दिए ।
उनले पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेकाले महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए ।




















