काठमाडौं । प्रतिनिधिसभाको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.ओजस्वी शेरचन निर्वाचित भएकी छन्।
शुक्रबार भएको निर्वाचनमा एमालेका उम्मेदवार गुरू बराल अल्पमतमा परेपछि शेरचन विजयी भएकी हुन्। बराललाई नेपाली कांग्रेस र नेकपाको समर्थन रहे पनि निर्वाचित भएनन् ।
समिति सभापति निर्वाचनका लागि बिहीबार मनोनयन दर्ता भएको थियो ।




















