काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको संस्थापन पक्षले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुने भएको छ। बिहीबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको उक्त रिटमाथि आज सुनुवाइ हुने भएको हो।
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वजको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ। देउवा पक्षबाट सर्वोच्चमा दुईवटा निवेदन परेका छन्। सुनुवाइ नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ।
२६ चैतमा पार्टीको महाधिवेशनको कार्यसूची रोक्न माग गर्दै देउवा पक्षबाट रिट दायर भएको थियो। विवादको टुंगो नलागेसम्म १५ औं महाधिवेशनको कार्यतालिका कार्यान्वयन नगर्न पछिल्लो रिटमा माग गरिएको छ। त्यसअघि पार्टीको आधिकारिकताको विषयलाई लिएर रिट दर्ता भएको थियो।




















