काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० विषयगत तथा २ संयुक्त समितिका प्रस्तावित सभापतिहरूको नाम टुंगो लागेको छ। सिंहदरबारमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले १२ वटै समितिका सभापतिको नाम तय गरेको हो।
यसअघि नै समितिमा रहने सदस्यहरू चयन भइसकेका छन्। संघीय संसद् अन्तर्गत कुल १६ वटा संसदीय समिति रहेका छन्, जसमा राष्ट्रिय सभाअन्तर्गतका चार वटा समिति भने पहिले नै गठन भइसकेका छन्।
प्रस्तावित सभापतिहरूको सूची:
१) कानुन, न्याय तथा मानवअधिकार समिति – समीक्षा बास्कोटा
२) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति – अशोककुमार चौधरी
३) पूर्वाधार विकास समिति – आशिष गजुरेल
४) महिला तथा सामाजिक मामिला समिति – आकृति अवस्थी
५) राज्य व्यवस्था तथा सुशासन समिति – हरि ढकाल
६) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति – ओजश्वी शेरचन
७) सार्वजनिक लेखा समिति – प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)
८) संसदीय सुनुवाइ समिति – बोधनारायण श्रेष्ठ
९) उद्योग, वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समिति – रहबर अन्सारी
१०) राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति – गणेश कार्की
११) अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति – सुम्नीमा उदास
१२) अर्थ समिति – कृष्णहरि बुढाथोकी
अब यी प्रस्तावित नामहरूलाई औपचारिक प्रक्रियामार्फत अनुमोदन गर्दै सभापतिहरूको चयन गरिनेछ।




















