काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार अर्थमन्त्री वाग्लेसँग चारवटा घर/अपार्टमेन्ट र १ करोड ९० लाख बैंक ब्यालेन्स रहेको छ।
उनको ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, ललितपुरमा ५ करोडको, काभ्रेमा ३ करोड ७५ लाखको अपार्टमेन्ट र तनहुँमा २ करोडको घर रहेको विवरणमा उल्लेख छ।
उनले प्राप्तिको स्रोतमा अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा व्यक्तिगत सापटी रहेको उनले उल्लेख गरेका छन्।
उनको साढे ४ करोड बराबरको सेयर रहेको छ।




















