काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार उनको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रुपैयाँ छ। कुल सम्पत्तिमध्ये २३ करोड ४१ लाख २७ हजार उनको खुद सम्पत्ति हो। जसमा ७५ लाख रुपैयाँ ऋण रहेको छ।




















