काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिविरुद्ध कडा चेतावनी दिएका छन् । विप्लवले विद्यार्थी आन्दोलनप्रति समर्थन जनाउँदै आन्दोलनलाई सशक्त बनाउन आह्वान गरेका हुन्।
उनले सरकारको यस्तो कदमलाई निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति भएको टिप्पणी गर्दै विद्यार्थी संगठनहरूलाई सचेतता, खबरदारी, न्याय र परिवर्तनका प्रमुख वाहकका रूपमा चित्रण गरे।
विप्लवले नेपालमा भएका राजनीतिक परिवर्तनहरूमा विद्यार्थीहरूको भूमिका निर्णायक रहेको उल्लेख गर्दै उनीहरूमाथि हस्तक्षेप भए कडा प्रतिवाद हुने संकेत दिए।
‘विद्यार्थी संगठनहरूको घाँटी निमोठ्न खोजिए सरकारकै जरो उखेलिन्छ,’ भन्दै उनले आन्दोलनलाई थप सशक्त रूपमा अघि बढाउन आग्रह गरेका छन्।




















