काठमाडौं । इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्यक माग’ र ‘अवैध दाबी’बाट पछि हट्न आग्रह गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले एक विज्ञप्ति जारी गर्दै वार्ताको सफलता विपक्षी पक्षको गम्भीरता र इमानदारीमा निर्भर रहने उल्लेख गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रवक्ता बकाईले हाल भइरहेको वार्तालाई ‘सघन’ भएको बताएका छन् । उनले अमेरिकालाई इरानको अधिकार र हित स्वीकार गर्न समेत आह्वान गरेका छन् ।
वार्ताका क्रममा मुख्यगरी हर्मोज, इरानको आणविक कार्यक्रम र ‘इरानमा जारी युद्धको पूर्ण अन्त्य’ जस्ता गम्भीर विषयमा छलफल भएको हो ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानको इस्लामावादमा आयोजना हुने पत्रकार सम्मेलनमार्फत यसबारे औपचारिक जानकारी दिएका छन्।
भ्यान्सले परमाणु मुद्दामा इरानका तर्फबाट हालसम्म कुनै ठोस प्रतिबद्धता नआएको बताएका छन्।
सञ्चारकर्मीसँगको अन्तरक्रियामा भ्यान्सले इरानको परमाणु क्षमता नियन्त्रण गर्नु नै राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको ‘मूल लक्ष्य’ रहेको प्रस्ट पारे । (एजेन्सी)




















