काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई तटस्थ राखेको छ।
प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि डाकिएको संसद् बैठकलाई सम्बोधनका क्रममा एमाले सांसद मोहम्मद इस्तियाक राईले यसबारे जानकारी दिएका हुन् ।
एमाले अहिले प्रतिनिधि सभामा २५ जना सांसदसहित तेस्रो दलको हैसियतमा छ । ३७ सिटसहित कांग्रेस प्रमुख प्रतिपक्षी दलका रुपमा छ ।
यस पटक उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनसहित श्रमसंस्कृति पार्टीकी रुबीकुमारी ठाकुर मैदानमा छिन् । उनले जित्ने पक्का भइसकेको छ। उता राष्ट्रिय प्रजातन्त्र पार्टीले सरस्वती लामालाई उम्मेदवार बनाएको छ। राप्रपाको पक्षमा अन्य कुनै दल उभिएका छैनन् ।




















