काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले प्रतिनिधिसभाको उपभामुख पदमा श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएकी रुविकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । सिंहदरबार शुक्रबार बसेको बैठकले उपभामुख पदमा ठाकुरलाई पार्टीका सांसदहरूले मतदान गर्ने निर्णय गरेको हो ।
ठाकुरको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहेको छ । शुक्रबार हुने निर्वाचनका लागि उपभामुखमा श्रम संस्कृतिका ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीका सरस्वती लामा उम्मेदवार रहेका छन् । (रासस)




















