काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योगमा गौरी कुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामा रामजी यादवलाई मन्त्री नियुक्त गरेका छन् ।
महोत्तरी–४ बाट निर्वाचित गौरी कुमारी यादव उद्योगमन्त्री बनेकी हुन् भने सप्तरी–२ बाट निर्वाचित रामजी यादव श्रममन्त्रीमा नियुक्त भएका हुन्। रामजी यादवले निर्वाचनमा सीके राउतलाई पराजित गर्दै प्रतिनिधिसभामा स्थान बनाएका थिए।
दुवै मन्त्रीले आजै राष्ट्रपति भवन शीतल निवास मा आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।
यसअघि पदीय मर्यादा उल्लङ्घन गरेको आरोपमा प्रधानमन्त्री शाहले श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए।
उद्योग मन्त्रालय सरकार गठनदेखि नै प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए भने रक्षा मन्त्रालय पनि हालसम्म उनीकै जिम्मेवारीमा रहेको छ।



















