काठमाडौँ । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार संविधानको धारा ९३ (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य हुने उल्लेख गरिएको छ ।
अधिवेशन अन्त्य गर्ने निर्णय मन्त्रिपरिषद् को चैत २४ गतेको सिफारिसका आधारमा गरिएको हो ।
यसअघि राष्ट्रपति पौडेलले भोलि संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । निर्वाचनपछिको पहिलो बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।





















