काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका चार वटा संसदीय समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नारायणप्रसाद दाहालको उपस्थितिमा सिंहदरबारमा आयोजित कार्यक्रममा उनीहरूले शपथ ग्रहण गरेका हुन्। ती सभापतिहरू मंगलबार सम्पन्न निर्वाचनबाट निर्विरोध निर्वाचित भएका थिए।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्ण प्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्ण बहादुर रोकाया, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्ती देवी राई निर्विरोध चयन भएका हुन्।
बुधबार सम्पन्न शपथ ग्रहणसँगै उनीहरूले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्।




















