काठमाडौं । कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक रवीन बिष्ट पक्राउ परेका छन्।
पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय बिष्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाटै नियन्त्रणमा लिएको हो।
कार्यालयका एसपी मनोहर भट्टका अनुसार उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
बिष्टविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइने तयारी गरिएको प्रहरीले जनाएको छ।
उक्त सहकारीमाथि करिब साढे ५ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आरोप लागिरहेको छ।




















