काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।




















