काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगरबाट पक्राउ गरेको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग गर्दै दमन गरेको आरोप उनीमाथि लागेको छ।
रिजाल आन्दोलनपछिको विवादका कारण एक महिनाभित्रै काठमाडौंको प्रमुख जिल्ला अधिकारी पदबाट हटाइएका थिए।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजालमाथि कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा यसअघि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिएको थियो।




















