काठमाडौँ । नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पाटीको आधिकारिक धारणा र भावी रणनीति तय गर्ने विषयमा छलफल भइरहेको छ ।
भदौ २३ र २४ जेनजी आन्दोलन घटनाबारे छानविन आयोगको प्रतिवेदनअनुसार नवगठित सरकारले शनिबार बिहान ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको छ ।
ओलीलाई अहिले काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ । ज्यानसम्बन्धी कसुर समेतको मुद्दाको अनुसन्धान सिलसिलामा ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।




















