काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई तथा शुभकामना दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले शाहको नियुक्ति नेपाली जनताले उनको नेतृत्वमाथि राखेको विश्वासको प्रतिफल भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री मोदीले भारत–नेपालबीचको मित्रता र सहकार्यलाई अझ उच्चस्तरमा पुर्याउन शाहसँग नजिकबाट काम गर्ने अपेक्षा गरेका छन् । उनले दुवै देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वाससमेत व्यक्त गरेका छन् ।




















