काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन नेतृत्वको मन्त्रिपरिषद्मा केही मन्त्रीको प्रारम्भिक नाम टुंगो लगाएको छ । रास्वपा सभापति रवि लामिछाने र संसदीय दलका नेता बालेन्द्र शाहबीच छलफल भएपश्चात केही मन्त्रीको नाम टुंगो लागेको हो ।
आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। रास्वपा स्रोतका अनुसार अर्थमन्त्री उपसभापति डा. स्वर्णीम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमा शिशिर खनाल, उर्जामा विराजभक्त श्रेष्ठ, कानून न्याय तथा संसदीय मामिलामा सोबिता गौतम, भौतिक पूर्वाधारमा सुनिल लम्साल, शिक्षामा सस्मित पोखरेल, पर्यटनमा गणेश पौडेल, सामान्य प्रशासनमा प्रतिभा रावल, उद्योग तथा वाणिज्यमा अमरेश सिंह, सञ्चार तथा सूचना प्रविधिमा विक्रम तिमल्सिना, स्वास्थ्य तथा जनसंख्यामा निशा मेहता, कृषिमा गीता चौधरी, महिला तथा बालबालिकामा सीता बादी, मन्त्री बन्ने सूचीमा छन् ।
नवनियुक्त प्रधानमन्त्री बालेनले शुक्रबार मध्याह्न १२:३४ बजेको शुभ साइतमा शितल निवासमा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम छ । उनीसँग मन्त्रीहरुले शपथ ग्रहण गर्ने तयारी छ । रास्वपा उपसभापति डिपी अर्याल गृहमन्त्री नपाउने भएपछि सभामुख बन्ने भएका छन् ।



















