काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्म गर्ने भएको छ ।
बुधबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन २०८३ असोज १६, १७ र १८ गते गर्ने निर्णय गरेको हो । मंगलबारको बैठकमा सभापति गगन थापाले आगामी भदौ २४-२६ गतेका नियमित महाधिवेशनको कार्यतालिका पेस गरेका थिए ।
असोज १६ देखि १८गते १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधनसहित केन्द्रीय समितिले पारित गरेको छ ।
आगामी साउन ६ गते वडा, साउन १२ गते गाउँ-नगर, साउन २३ गते प्रदेश सभा क्षेत्रीय र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय, भदौ ६-७ गते जिल्ला र भदौ १५-१६ गते प्रदेश अधिवेशनको मिति प्रस्ताव गरिएको थियो। साउनमा मौसमी प्रतिकुलता हुने भन्दै तल्लो तहको अधिवेशन भदौमा सारिएको छ ।




















