काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रबाट २० जना विदेशी महिला पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी पवन भट्टराईका अनुसार, युगान्डाका ती महिलाहरू ठमेलस्थित फायरचोक क्षेत्रबाट नियन्त्रणमा लिइएका हुन्।
प्रहरीका अनुसार उनीहरू बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारणलाई रोक्दै अश्लील क्रियाकलापसँग सम्बन्धित मोलमोलाइ गरी दुःख दिने गतिविधिमा संलग्न थिए। सोही आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
घटनापछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















