काठमाडौं । वरिष्ठ अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ ।
मस्तिष्कघात भएपछि उपचारका लागि अन्नपूर्ण न्यूरो हस्पिटलमा भर्ना गरिएका आचार्यको आज बिहान ९:५५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनको पार्थिव शरीरको अन्त्येष्टि भोलि मंगलबार गरिने जनाइएको छ। परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।
आचार्य नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत हुन्। उनले दीर्घ समयदेखि मुलुकको वित्तीय प्रणाली र आर्थिक सुशासनका विषयमा सक्रिय रूपमा बहस तथा पैरवी गर्दै आएका थिए।




















