काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाएको छ ।
आइतबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएका हुन् ।
कार्यक्रममा आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतको समेत उपस्थिति रहेको थियो।
यसैगरी, गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिल कुमार सिन्हा पनि प्रतिवेदन ग्रहण कार्यक्रममा सहभागी भएका थिए ।




















