काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीको निर्देशक समितिको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । फागुन २१ को निर्वाचन परिणामले स्तब्ध बनाएको जनाउँदै उनले पदबाट राजीनामा गरेको जनाएका छन् । आज एक विज्ञप्ती जारी गर्दै डा. लोहनीले पार्टीका जिम्मेवार पदाधिकारीले मार्गप्रशस्त गर्नुपर्ने समेत माग गरेका छन् ।
विज्ञप्तीमा उनले महाधिवेशनबाट पुनः माग हुने अवस्था नआएसम्म पदबाट हट्न उचित हुने समेत उल्लेख गरेका छन् । आन्तरिक र विभिन्न कारणले निर्वाचनको नतिजा प्रतिकूल आएको बताउँदै नैतिक र जनभावनाको कदर गर्दै जिम्मेवारीबाट अलग हुनपर्ने बताएका छन् ।




















